हेटौंडामा प्राङ्गारिक मल तथा वनस्पतिक विषादी प्रदर्शनी कार्यक्रम

पालिका डायरी
१६ फाल्गुन २०७९

हेटौंडा / कारीतास नेपाल तथा एपेक्सको आर्थिक सहयोगमा सृजनशील नेपालको व्यवस्थापनमा त्रिशक्ति कृषि सहकारी संस्था लिमिटेड द्धारा हेटांैडा १७, हटिया स्थित आयोजित प्राङ्गारिक मल तथा बनस्पतिक विषादी प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय स्तरमा पाइने स्रोत साधनको उच्चतम प्रयोग गदै प्राङ्गारिक मल तथा बनस्पतिक विषादी कसरी बनाउने भन्ने बारेमा छलफल गर्दै कृषिमा रोग किराको जैविक पद्धति बाट व्यवस्थापन गर्नको निम्ति प्रयोगात्मक रुपमा झोल मल बनाइ प्रदर्शन गरिएको थियो । स्थानीय स्तरमा पाइने तितो, टर्रो, पिरो, झम्झमाउने, अमिलो, चोप आउने लगायतका असुरो, सिस्नु, बनमारा, रुदिलो, बकाइनो, निम, तितेपाती लगायत कलिलो घासँ लगायतका वनस्पति संगै गोबर, पशुमुत्र, ई.एम. झोल, पिना तथा भान्सामा सजिलो संग उपलब्ध हुने सख्खर, लसुन, अदुवा, खुर्सानी लगायतको सामाग्री प्रयोग गरी किटनाशक झोल मल बाट तयार गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक विकास समिति संयोजक तथा हेटौंडा–१८ नं को वडा अध्यक्ष अनिल बाँनियाको प्रमुख आतिथ्यता, हेटौंडा १६ को वडा अध्यक्ष रामकृष्ण कोइरालाको विशेष आतिथ्यता एंवम् हेटौंडा उपमहानगरपालिकाको कृषि शाखा बाट कृषि प्राविधिकद्धय रविन्द्र प्रसाद पौडेल र गणेश खड्काको आतिथ्यता रहेको थियो । साथै, सृजनशील नेपालका अध्यक्ष शान्ता बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित सरोकारवालाले धेरै रासायनिक विषादीको प्रयोगले हामीले खाने खाना असवस्थकर हुदै जाँदा धेरै किसिमका स्वास्थ्य संगै वातावरणीय समस्याहरु देखा परेकोले कृषि पर्यावरण लाइ ध्यान दिइ यस खालका कार्यक्रम आयोजना गरिएकोमा आयोजक संस्था लाइ धन्यवाद सहित यस संस्थाले यस क्षेत्रको महिलाहरुको सामाजिक तथा आर्थिक विकासको निम्ति अग्रणी भुमका खेलेकोले हाल महिलाहरु आफै आफ्नो सवालको पहिचान गरी शसक्त रुपमा अगाडी आउन सक्ने क्षमताको अभिवृद्धि भएकोले खुसी व्यक्त गर्दै आगामी आफ्नो क्षेत्र बाट गर्नु पर्ने आवश्यक समन्वय गरिने बताउनु भयो ।

यस खालको कार्यक्रमले कृषि पर्यावरण लाइ जोगाउन मद्दत गर्नुका साथै मानवीय स्वास्थ्यको दृष्टिकोण बाट अझ महत्वपुर्ण भएकाले कार्यक्रमका सहभागीहरु लाइ कार्यक्रम बाट सिकाइ भएका विषय लाइ व्यवहारमा उर्तान आग्रह गनु भयो । यस अवसरमा वडा तथा नगरपालिका बाट उपस्थित सरोकारवाला ज्युहरुले समग्रतामा सृजनशील नेपालले महिलाहरु लाइ एकताबद्ध गरी समयसापेक्ष रुपमा गरिरहेको यस खालका कार्य अत्यन्त प्रभावकारी संगै समय सान्र्दभिक भएकाले वडा तथा नगरपालिकाको तर्फ बाट गनु पर्ने समन्वयकारी भुमिकामा सदैव साथ रहने बताउनु हुदै आगामी दिनमा समेत आवश्यक सहयोग रहने प्रतिबद्धता अभिव्यक्त गर्नु भयो ।

विगतमा पनि आफ्नो क्षेत्र बाट गर्ने सहयोग एंवम् समन्वय गरेको बताउँनु हुदै आगामी दिनमा पनि आवश्यक समन्वय तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विशेषगरी हाल तिब्र रुपमा बढिरहेको रसायनिक मल तथा बिषादिको प्रयोगका कारण खेतिबालीमा कृषकको लागत बढिररहेको छ भने मानव स्वास्थ्यमा अझ यसले प्रत्यक्ष रुपमा नकरात्मक असर गरेको छ भने अर्को तिर यसले कृषि पर्यावरणमा पनि उतिकै नकरात्मक असर पारेको छ ।

यस कारण स्थानीय स्तरमा उपल्बध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै कृषि पर्यावरणमा सुधार ल्याई किसानहरुको मल तथा बिषादिमा पहुँच पुर्याउन साथै किसानहरुलाई कृषि पर्यावरणीय खेतीतर्फ आकर्षित गर्नका निम्ति यसरी प्राङ्गारिक मल तथा वनस्पतिक विषादी बनाउने प्रदर्शनी एंव अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सृजनशील नेपालका अध्यक्ष शान्ता बरालले बताउनु भयो ।  सहभागीहरुलाइ कार्यक्रम बाट भएको सिकाइ लाइ व्यवहारमा लागु गर्नका निम्ति अभिप्ररित समेत गर्नु भएको थियो ।

कार्यक्रमका सहभागीहरुले वनस्पतिक विषादी बनाइ प्रयोग गरीरहदाका अनुभव समेत अभिव्यक्त गरेका थिए । यस कार्यक्रममा महिला कृषक समुहहरु बाट ४० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया