बेसाहाराहरुको सारथी बन्दै हेटौंडाको ४ नम्बर वडा : वृद्वाश्रमलाई वासिङ्ग मेसिन र प्रिन्टर सहयोग

पालिका डायरी
१५ फाल्गुन २०७९

हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे तर्फबाट ॐ वृद्वाश्रम चाैकिटाेललाई आज एक कार्यक्रमको बिच करिव रू एक लाख वरावरकाे वासिङ्ग मेसिन तथा कम्प्युटरकाे प्रिन्टर हस्तान्तरण गरिएकाे छ ।

आज एक कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, कार्यापालिका सदस्य ईश्वरी रसाईली, वडा सदस्य जनरल श्रेष्ठ, गीता त्रिपाठी, वडा कार्यालय सचिव टीका कंडेलसहितकाे उपस्थितिमा आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठसहितकाे आश्रम परिवारलाई हस्तान्तरण गरिएकाे थियाे ।

हस्तान्तरणकाे क्रममा वडा अध्यक्ष नवीन सिग्देलले आश्रय लिईरहनु भएका बेसाहारा आमावुवाहरूकाे सहजताकाे लागि वडा कार्यालयकाे तर्फबाट उपकरण हस्तान्तरण गर्न पाउँदा खुसी लागेकाे बताए । उनले भाैतिक विकाससंगै सामाजिक विकासमा ४ नं.  वडा कार्यालयले ध्यान दिईरहेकाे बताउँदै सबैकाे सहयाेग आवश्यक रहेकाे पनि बताए ।

आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठले वडा कार्यालयकाे तर्फबाट भएकाे सहयाेगप्रति धन्यवाद ज्ञापन गर्दै आहामी दिनमा पनि एस्तै साथ र सहयोगको अपेक्षा गरेको जानकारी गराए

प्रतिक्रिया
received_926405071728273