एमालेले बागमती सरकारबाट बाहिरिने निर्णय गरिसकेको छैनः मन्त्री थपलिया

पालिका डायरी
१५ फाल्गुन २०७९, १४:१८
बागमती प्रदेश सरकारका प्रवक्ता भन्छन्– १० गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ

हेटौंडा / नेकपा एमाले बागमती संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ जगन्नाथ थपलियाले तत्काल प्रदेश सरकारबाट नबाहिरिने बताएका छन्।

केन्द्रको निर्णय भर्खर आएको भन्दै प्रदेशको हकमा के गर्ने भन्ने निर्णय भैनसकेको थपलियाले बताएका हुन्। ‘अहिले नै सरकारबाट ब्याक हुने अवस्था बनिसकेको छैन। बागमतीमा सरकारलाई गरेको समर्थन फिर्ता लिने नलिने भन्ने बिषयमा अहिले नै टुंगो लागिसकेको छैन,’ मन्त्री थपलियाले भने।

बागमतीमा ११ सदस्यीय मन्त्रीमण्डलमा एमालेको ४ मन्त्री रहेका छन्। एमालेका एकलाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशव पोखरेल कृषी तथा पशुपन्छी विकास मन्त्री र रमेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री छन्।

प्रतिक्रिया