बागमतीमा गाउँपालिकामा आज र भोलि दुई दिन सार्वजनिक विदा

पालिका डायरी
१५ फाल्गुन २०७९, ०८:२९
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।

आइतबार बसेको कार्यपालिको बैठकले आज सोमबार फागुन १५ गते र भोलि १६ गते गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जारी गरेको सूचनामा जनाइएको छ ।

आज सोमबार मगर समुदायको ४१औँ स्थापना दिवस र भोलि मंगलबार १६ गते माझी समुदायको लदि (कोशी पूजा) पर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया