पार्टीको स्पष्ट भिजन लिएर गाउँ जान केन्द्रिय सदस्य गिरीको निर्देशन

पालिका डायरी
१३ फाल्गुन २०७९

हेटौंडा / समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल नाराको साथ नेपाल कम्युनिष्ट पार्टी एमाले भीमफेदी गाउँपालिका कमिटीको मिसन ग्रासरुट अन्त्रगत पार्टी सुदृढीकरण तथा बिस्तार अभियानमा आज नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटिको बैठक सम्पन्न भएको छ।

कार्यक्रममा पार्टी गाउँपालिका कमिटिको अध्यक्ष सानु थापाको अध्यक्षता रहेको थियो भने पार्टी केन्द्रिय सदस्य बालिका गिरीको प्रमुख आतिथ्यतामा प्रदेश कमिटी सदस्यहरु ठाकुराम खड्का, भगवती पुडासैनी, बलराम बल, जिल्ला कमिटीको उपसचिव तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा जिल्ला कमिटीको सदस्यहरु पार्बती राना, जहार सिङ लामा, सरिता परियार, चेतकुमारी पुडासैनी, प्रकाश पुडासैनी लगाएत पालिका कमिटीको बहुमत सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यकर्ता पालिका कमिटीको सचीव शिव रुम्बाले पाटी केन्द्रीय कमिटीले पठाएको सर्कुलर पढेर कार्यक्रमको जानकारी गराए ।

यस्तै, पालिका कमिटी अध्यक्ष सानु थापाले बैठकको उदेश्य माथि प्रष्ट पारे । कार्यक्रममा आफ्नो सान्दर्भिक मन्तब्य राख्दै प्रदेश कमिटी सदस्य बलराम बलले बिना कारण घटना नघट्ने बताउँदै पार्र्टी अगाडि बढाउन कुनै पनि खालको कमि कमजोरी हुन नहुने बताए । उनले राजनीतिक ठिक ठाउँमा नभएको कारण यस्ले सर्वोब्यापी फैलिएको बताए । जनताको जनभावना बुझ्नी पार्टी एमाले भएकोले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्न बलले आग्रह गरे ।

यस्तै कार्यक्रमको प्रमुख अतिथी तथा नेकपा एमाले केन्द्रिय सदस्य बालिका गिरीले उपस्थित नेता कार्यकर्तालाइ सक्रियता पूर्वक पार्टीको अभियान अनुसार मिसन ग्रासरुटमा लाग्न आह्वान गरिन् । उनले भुगोलमा काम गर्न जाने सबै कार्यकताले पार्टीको स्पष्ट भिजन र उदेश्यको साथ आफू प्रशिक्षित भएर जान आग्रह गरिन् । गिरिले आफ्नो समस्या सुनुवाइको लागि पार्टीले चासो लिएकोले तल्लो कमिटीमा समस्या सुनुवाइ भएन भने माथिल्लो कमिटिमा लैजान पनि अनुरोध गरिन् । उनले जनता र नेताको सम्बन्ध नङ् र मासुको सम्बन्ध जस्तै हुन पर्ने कुरालाइ पोको पारेर गाउँ गाउँ जान अनुरोध गरिन् । कर्यक्रममा भिमफेदी गाउँ कमिटिको नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

प्रतिक्रिया