सेलर्ड मकवानपुरको आयोजनाका बाल संरक्षण र मान बेचबिखन विरुद्ध प्रशिक्षण सम्पन्न

पालिका डायरी
८ फाल्गुन २०७९
सेलर्ड मकवानपुरको आयोजनाका बाल संरक्षण र मान बेचबिखन विरुद्ध प्रशिक्षण सम्पन्न

हेटौंडा / बाल संरक्षण र मानव बेचविखन विरुद्ध स्थानीय तह र सञ्चारकर्मीहरु सँगको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडामा सोमबार सेलर्ड मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मानव बेचविखन तथा बाल संरक्षणको बिषयमा स्थानीय तह र सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकाको बिषयमा प्रशिक्षण दिइएको हो ।

सेलर्ड मकवानपुरका फिल्ड अफिसर तथा अधिवक्ता जगन्नाथ सुवेदीले बाल संरक्षण तथा मानव बेचबिखन सम्बन्धि कानुनमा भएका बुँदाहरुको उल्लेख गरेका थिए । साथै स्थानीय तहले निभाउनु पर्ने दायित्व र सञ्चारकर्मीले यस बिषयमा खेल्नुपर्ने भूमिको बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा तीनजनाको प्रस्तुती हरेको थियो । पहिलो चरणमा सेलर्ड मकवानपुरका फिल्ड अफिसर सुवेदीको रहेको थियो भने दोस्रो प्रस्तुती सञ्चारकर्मी सरिता दाहालको रहेको थियो । दाहालले समाचार संकलनको क्रममा अपनाउनु पर्ने आचारसंहिताको बारेमा चर्चा गरेकी थिइन् । यस्तै तेस्रो प्रस्तुती हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका शाखाकी बिना थिकेको रहेको थियो । उनले उपमहानगरपालिकाले बाल संरक्षण तथा मानव बेचबिखन रोक्नको निम्ती उपमहानगरपालिकाले गरिरहेको कामहरुको विवरण सार्वजनिक गरेकी थिइन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बालबालिका तथा महिला शाखामा पदाधिकारी, विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया