कृषि विकास बैंकका नवनियुक्त सीईओ गुरुङले आजदेखि सम्हाले कार्यभार

पालिका डायरी
८ फाल्गुन २०७९
कृषि विकास बैंकका नवनियुक्त सीईओ गुरुङले आजदेखि सम्हाले कार्यभार

गत शनिबार चार वर्षका लागि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका गोबिन्द गुरुङले आजबाट पदभार ग्रहण गरेका छन् ।

नव नियुक्त सीईओ गुरुङलाई सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तथा सीईओ छनौट उपसमितिका संयोजक सुमन दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

तत्कालीन सीईओ अनिल उपाध्यायको कार्यकाल पुस १० गतेबाट सकिएपछि उक्त पद रिक्त रहेको थियो । सीईओका लागि २२ जना आवेदकमध्ये पाँच छनौट भएका गुरुङले बाजी मारेका हुन् ।

बैंकिङ क्षेत्रमा करिब साढे दुई दशकको अनुभव संगालेका गुरुङले हिमालयन बैंकबाट आफ्नो करियर सुरु गरेका हुन् । नेपाल कमर्स क्याम्पसबाट एमबीए उत्तीर्ण गरेका उनी सिभिल बैंकका पूर्व सीईओ हुन् ।  ग्लोबल आईएमई, मेगाको कार्यअनुभव हासिल गरेका उनले सिटिजन बैंक म्यानमारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया