सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

पालिका डायरी
७ फाल्गुन २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँ बढेर आज १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
sun सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य