हेटौंडामा प्राङ्गारिक मल तथा वनस्पति विषादी प्रदर्शनी

पालिका डायरी
६ फाल्गुन २०७९, १५:५४
हेटौंडामा प्राङ्गारिक मल तथा वनस्पति विषादी प्रदर्शनी

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडी स्थित प्राङ्गारिक मल तथा बनस्पतिक विषादी प्रदर्शनी एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिन दिन सम्म चलेको कार्यक्रम सम्पन्न भएको हो ।

मेजिरियो जर्मनी तथा कारीतास नेपालको आर्थिक सहयोगमा सृजनशील नेपाल द्धारा हेटौंडा १६, १७ र १८ मा संचालन भइरहेको सामाजिक कल्याण तथा दिगो कृषिको लागि महिला शसक्तिकरण परियोजना अन्र्तगत सृजनशील नेपाल तथा त्रिशक्ति कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा कार्यक्रम भएको हो ।

यस कार्यक्रमको पहिलो दिन विशेषगरी स्थानीय स्तरमा पाइने स्रोत साधनको उच्चतम प्रयोग गदै प्राङ्गारिक मल तथा बनस्पतिक विषादी कसरी बनाउने भन्ने बारेमा सैद्धान्तिक छलफल गरिएको थियो । दोस्रो तथा तेस्रो दिन प्रयोगात्मक तवर बाट प्राङ्गारिक मल तथा बनस्पतिक विषादी बनाइ प्रदर्शन गरिएको थियो ।

स्थानीय स्तरमा पाइने असुरो, बनमारा, रुदिलो, सिस्नु लगायत कलिलो घासँहरु संगै गोबर, पशुमुत्र, प्राङ्गारिक पदार्थ भएको माटो, पिना, चुन तथा भान्सामा सजिलो संग उपलब्ध हुने सख्खर, लसुन, अदुवा, खुर्सानी लगायतको सामाग्री प्रयोग गरी किटनाशक झोल मल तथा बालीनालीको वृद्धि विकासमा सहयोग पुराउने बोकासी मल, बिउ लाइ रोग र किरा प्रतिरोधी बनाउने बिजाअमृत, कमपोष्ट मल एवम् जिवामृत लगायतको मल तथा विषादी जैविक पद्धति बाट तयार गरिएको थियो ।

हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बाँनियाको प्रमुख आतिथ्यता एंवम् वडा सदस्य योगराज खतिवडाको आतिथ्यतामा कार्यक्रम भएको हो । सृजनशील नेपालका अध्यक्ष शान्ता बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा १८ का वडा अध्यक्ष अनिल बाँनियाले यस खालको कार्यक्रमले कृषि पर्यावरण लाइ जोगाउन मद्दत गर्नुका साथै मानवीय स्वास्थ्यको दृष्टिकोण बाट अझ महत्वपुर्ण भएकाले कार्यक्रमका सहभागीहरु लाइ कार्यक्रम बाट सिकाइ भएका विषय लाइ व्यवहारमा उर्तान आग्रह गनु भयो । उहाले सृजनशील नेपालले गरिरहेको कार्य अत्यन्त प्रभावकारी संगै समय सान्र्दभिक भएकाले विगतमा पनि आफ्नो क्षेत्र बाट गर्ने सहयोग एंवम् समन्वय गरेको बताउँनु हुदै आगामी दिनमा पनि आवश्यक समन्वय तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै वडा सदस्य योगराज खतिवडाले धेरै रासायनिक विषादीको प्रयोगले हामीले खाने खाना असवस्थकर हुदै जाँदा धेरै किसिमका स्वास्थ्य संगै वातावरणीय समस्याहरु देखा परेकोले कृषि पर्यावरण लाइ ध्यान दिइ यस खालका कार्यक्रम आयोजना गरिएकोमा आयोजक संस्था लाइ धन्यवाद सहित आगामी दिनमा वडाले गर्नु पर्ने आवश्यक समन्वय गरिने बताउनुभयो ।

विशेषगरी हाल तिब्र रुपमा बढिरहेको रसायनिक मल तथा बिषादिको प्रयोगका कारण खेतिबालीमा कृषकको लागत बढिररहेको छ । मानव स्वास्थ्यमा अझ यसले प्रत्यक्ष रुपमा नकरात्मक असर गरेको छ भने अर्को तिर यसले कृषि पर्यावरणमा पनि उतिकै नकरात्मक असर पारेको छ । यस कारण स्थानीय स्तरमा उपल्बध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै कृषि पर्यावरणमा सुधार ल्याई किसानहरुको मल तथा बिषादिमा पहुँच पुर्याउन साथै किसानहरुलाई कृषि पर्यावरणीय खेतीतर्फ आकर्षित गर्नका निम्ति यसरी प्राङ्गारिक मल तथा वनस्पतिक विषादी बनाउने प्रदर्शनी एंव अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सृजनशील नेपालका अध्यक्ष शान्ता बरालले बताउनु भयो । साथै, सहभागीहरु लाइ कार्यक्रम बाट भएको सिकाइ लाइ व्यवहारमा लागु गर्नका निम्ति अभिप्ररित समेत गर्नु भएको थियो ।

कार्यक्रमका सहभागीहरुले वनस्पतिक विषादी बनाइ प्रयोग गरीरहदाका अनुभव समेत अभिव्यक्त गरेका थिए । यस कार्यक्रम लाइ संस्थाको अध्यक्ष शान्ता बराल तथा परियोजनाका संयोजक सम्झना गोले सहित सामाजिक परिचालकहरु अमृता खुलाल, पार्वती सेढाइ एवम् सामाजिक परिचालक तथा कृषि प्राविधिक बबिता राइ ले सहजीकरण गर्नु भएको थियो । परियोजना अन्र्तगत गठित महिला कृषक समुहहरु बाट ३० जना सदस्यहरुको सहभागिता रहेको यस कार्यक्रमका सहभागिहरु लाइ प्राङ्गारिक मल तथा वनस्पतिक विषादी बनाउनका निम्ति प्रोत्साहन स्वरुप एक÷एक थान हजारी समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया