मनहरीको सुनाचुरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

पालिका डायरी
५ फाल्गुन २०७९, १२:०२
accident

हेटौंडा / हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ६, सुनाचुरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान साढे ६ बजेको समयमा मनहरीबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको ग १५ प ३९६९ नम्वरको स्कुटीलाई ना ५ प ३५५७ डिब्बा जिपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा स्कुटी चालक पोखरा महानगरपालिका–२, निर्मलपोखरी बस्ने ३७ वर्षीया अमृता परियार रहेकी छन् । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने जिप र चाकललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया