‘रैथाने बाली प्रबर्दन गर्न प्रतिवद्ध छु’–बागमतीका कृषि मन्त्री पोखरेल

पालिका डायरी
४ फाल्गुन २०७९, २१:१०
‘रैथाने बाली प्रबर्दन गर्न प्रतिवद्ध छु’–बागमतीका कृषि मन्त्री पोखरेल

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले रैथानेबालीको प्रबद्धन गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । विहिबार कृषि विकास निर्देशनालय हेटौंडाले आयोजना गरेको रैथानेबाली प्रबद्र्धन सम्बन्धी प्रदेश स्तरिय गोष्ठीलाई सम्बोधन गर्दै रैथानेबालीको विस्तार र प्रबद्र्धन गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा समेत रैथानेबालीको प्रबद्र्धन र बजारी करणको विषय समावेस गरेको भन्दै प्रतिवद्धता पुरा गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए छन् । रैथानेबालीको प्रवद्र्धन गर्ने मन्त्रालय मातहतका कार्यालयको योजना महिला समुह लक्षित हुनु पर्ने उनको भनाई छ ।

रैथाने विउ जोगाउन जोन एरिया तोकेर काम गर्नु पर्ने र त्यसको लागि आवश्यक गृहकार्य गर्न निर्देशनालयलाई मन्त्री पोखरेलले निर्देशनसमेत दिएका छन् । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न र निर्वाह मुखी किसानको आय स्रोत बढाउने योजना ल्याउन मन्त्रालय गृहकार्य गरिरहेको उनको भनाई छ ।

हेटौंडामा रहेको मत्य विकास केन्द्रलाई प्रदेश मातहत ल्याउन आफुले संघमा पत्रचार गरिसकेको र छिटै नै प्रदेश मातहतमा ल्याएर स्रोत केन्द्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको जानकारी दिए ।

त्यस्तै मन्त्रालयका सचिव डा शरण पाण्डेले रैथानेबालीको संरक्षण भन्दा प्रवद्र्धनमा विशेष जोड दिनु पर्ने बताएका छन् । सम्वभ भएसम्म आ–आफ्नो भान्छामा रैथाने खानाको प्रयोग गर्नु पर्ने र त्यसले रैथानेबालीको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताए । साथै मन्त्रालय बालि प्रबद्र्धन र प्रयोगमा बजेट विनियोजन गर्न तयार रहेको बताए ।
कार्यक्रम कृषि विकास निर्देशनालय बागमती प्रदेशका प्रमुख भरतप्रसाद विडारीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
‘रैथाने बाली प्रबर्दन गर्न प्रतिवद्ध छु’–बागमतीका कृषि मन्त्री पोखरेल