हेटौंडामै फेला पर्यो दुर्लभ वनस्पति भोटेलहरा

पालिका डायरी
४ फाल्गुन २०७९, १७:४५
हेटौंडामै फेला पर्यो दुर्लभ वनस्पति भोटेलहरा

हेटौंडा / दुर्लभ वनस्पती भोटेलहरा हेटौंडामा पनि फेला परेको छ ।

हेटौंडा १७ हटियाको जंगलमा दुर्लभ भोटेलहरा फेला परेको हो । केही दिन अघि वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको नेतृत्वमा अनसन्धान गर्ने क्रममा भोटेलहरा फेला परेको हो ।

यसअघि पहिलो पटक मकवानपुरको बकैयामा फेला परेको भोटेलहराको खोजीमा लागेको वनस्पति अनुसन्धान केन्द्रले बागमती, मनहरी र हेटौंडा गरी चार स्थानीय तहहरुमा यो वनस्पति फेला पारेको केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीले जानकारी दिए । पराजुली सँगै खोजी कार्यमा वनस्पति सहायक सागीर हुसेन तथा स्थानीयहरु पनि जुटेका थिए । सो स्थानबाट धेरै वर्ष अगाडि भोटे लहरा संकलन भएको भन्ने जानकारी पाएकोले यसको अवस्था के कसो होला भन्ने जिज्ञासा जागेर खोजी कार्यमा पुगेको बताउँदै पराजुलीले यसमा सफलता मिलेको भन्दै खुसी व्यक्त गरे ।

वनस्पती अनुसन्धान केन्द्र मकवानपुर भोटे लहराको खोजीमा जुटेको दुई वर्ष बढी भएको छ ।

प्रतिक्रिया