बागमती प्रदेशका प्रथम मुख्यमन्त्री पौडेल र स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा हेटौंडा अस्पतालको अनुगमन

पालिका डायरी
४ फाल्गुन २०७९

हेटौंडा / बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठद्वारा हेटौंडा अस्पतालको अनुगमन गर्नु भएको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको निरिक्षण र अनुगमन समेत गर्नु भएको हो ।

अस्पतालले अहिले प्रदान गर्दै आएको स्वास्थ्य सेवा, पहिलेको तुलनामा बृद्धी हुँदै आएको सेवा परेका समस्या र चुनौतीका बारेमा अस्पतालका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रताष्ठिानका रजिष्टार राजेश प्रसाईले जानकारी गराउनुभयो ।

अस्पतालको सेवालाई थप गुणस्तिरिय बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत स्वास्थ्य मन्त्री श्रेष्ठले वताउनुभयो । यही फागुन ९ गते राष्ट्रपति विद्यादेवि भण्डारी अस्पतालको नयाँ भवनको उद्घाटन् गर्नका लागि आउने कार्यक्रम रहेकाले त्यसको तयारीका लागि पनि प्रथम मुख्यमन्त्री पौडेल र स्वास्थ्य मन्त्री श्रेष्ठ अस्पताल पुग्नुभएको हो । कार्यक्रम भव्य रुपमा सम्पन्न गराउनका लागि दुवै जनाले अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ ।

यसैबिच मकवानपुरको हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन् गर्नका लागि राष्ट्रपति विद्या देवि भण्डारी आउनु हुने भएको छ । अस्पतालको तीन तले नव निर्मित भवनको उद्घाटन् गर्नका लागि राष्ट्रपति हेटौंडा आउने हुनु भएको हो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा राष्ट्रपति यही फागुन ९ गते हेटौंडा अस्पतालको उद्घाटन्का लागि आउन लाग्नु भएको हो ।

३४ करोड रुपैयाँ लागतमा अस्पतालको नव निर्मित भवन निर्माण भएको छ । यही भवनको उद्घाटन्का लागि राष्ट्रपति भण्डारी फागुन ९ गते पौने १२ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले वताउनुभयो ।

नयाँ भवन निर्माण भएसंगै हेटौंडा अस्पतालले आफ्ना सेवाहरु र जनसक्ति थप गरेर उपचारको कामलाई गुणस्तरिय बनाउँदै लगेको प्रसाईले वताउनुभयो । अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालका लागि कार्यालय सहयोगी देखि डाक्टर सम्मका जनसक्ति उपलब्ध गराउने, उपचारका लागि बिभीन्न प्रबिधिहरु जडान गर्ने लगायतका काम गर्दै आएको छ ।

अहिले भने बागमती प्रदेश सरकारले एमआरआइ मेसिन हेटौंडा अस्पतालका लागि प्राप्त भएको छ । यसको जडानका लागि केही समय लाग्ने वताइएको छ ।

प्रतिक्रिया