एमाले नेता पाण्डेको निधन, आज अन्त्यष्टी गरियो

पालिका डायरी
१ फाल्गुन २०७९

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ४ निबुवाटार निवासी क्षेत्रबहादुर पाण्डेको मृत्यु भएको छ । उनको हिजो आफ्नै निवासमा मृत्यु भएको हो ।

२००७ साल माघ २ गते जन्मिएका पाण्डे नेकपा एमाले मकवानपुर जिल्ला कमिटिको सल्लाकार सदस्य हुन् भने भीमफेदी ४ का निर्वतमान वडाध्यक्ष समेत हुन् । पाण्डे लामो समय देखि सुगर, प्रेसर र क्यान्सर रोगबाट ग्रसित थिए । उनको हिजो बेलुका मृत्यु भएको हो । पाण्डेको मृत्युले सिङ्गो गाउँ शोकमा डुबेको छ । पाण्डे निरन्तर पञ्चायत काल देखि नै जनप्रतिनिधिको रूपमा स्थापित व्यक्ति हुन् । उनी उपप्रधान पन्च एक पटक, प्रधानपन्च दुई पटक, गाउँ विकास समितिको अध्यक्ष दुई पटक र वडाध्यक्ष एक पटक गरि ६ पटक जनप्रतिनिधि निर्वाचित भएका थिए । चुनाव उठे पछि हार्न नजानेका पाण्डे हक्की स्वभावको थिए ।

पाण्डेको निधन पछि नेकपा एमाले मकवानपुर जिल्ला कमिटिले आयोजना गरेको श्रद्धाञ्जली सभामा आफ्नो छोटो मतब्य राख्दै नेकपा एमाले मकवानपुर जिल्ला कमिटिको उपसचीव तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले राजनितिक गुरु भएकोले पाण्डे बाले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता व्यक्त गरे । लामाले पाण्डेको मृत्युले गाउँपालिका र नेकपा एमालेलाई अतुलनीय क्षती भएको भन्दै दुख व्यक्त गरे । यस्तै संविधान सभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य सुभाष चन्द्र ठकुरीले शोकको घडिमा शोकमा पर्नु भएको सबै परिवारजन प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै एउटा सामाजिक र राजनितिक व्यक्ति गुमाउनु परेको भन्दै दुख व्यक्त गरे । उनले आफ्नो समस्या भन्दा समाजको समस्यालाइ महत्त्व दिने व्यक्ति हुन् भन्दै समाजको र जनताको समस्यामा अबरात्र खटिरहने र व्यक्तिगत स्वार्थलाइ पर छाडेर सामाजिक कुरालाइ अङ्गालेर दैनिक आफ्नो राजनीति अगाडि बढाउनु भएको एक कुशल व्यक्ति थिए भन्दै ठकुरीले सदैव उनको कामलाई सम्झिरहने बताए ।

पाण्डेको श्रीमती तीन छोरा र तीन छोरी छन् । श्रद्धाञ्जली सभामा नेकपा एमाले प्रदेश कमिटी सदस्य ठाकुराम खड्का, नेकपा एमाले मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष लालबहादुर थापा, सचीव नवीन सिग्देल, गाउँ पालिका उपाध्यक्ष सन्जिव श्रेष्ठ, नेपाली काङ्ग्रेस उपसभापति आनन्द कठाएत लगाएत स्थानीय शुभचिन्तक नेकपा एमालेको नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
received_1286618601920370