४ नम्बर वडाको आयोजनामा हेटौंडामा शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने

पालिका डायरी
१७ माघ २०७९, १६:५८
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजनामा हेटौंडाको रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को आयोजनामा यही माघ २० गते बिहान देखि बेलुका सम्म कार्यक्रम हुन लागेको हो । आज वडा कार्यालयले पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराएको हो । यो कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले वताउनुभयो । शिक्षालाई अब प्रतिस्पर्धातमक बनाउनेगरी गुणस्तर सुधारको काममा लागिएको उहाँले वताउनुभयो । पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्याक्रम गर्ने र बाहिर २६ वटा स्टल राखेर कार्यक्रम गरिने वडा अध्यक्ष सिग्देलले वताउनुभयो । वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक श्रीराम दाहालले वताउनुभयो ।

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजनामा हेटौंडाको रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को आयोजनामा यही माघ २० गते बिहान देखि बेलुका सम्म कार्यक्रम हुन लागेको हो ।

आज वडा कार्यालयले पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराएको हो । यो कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले वताउनुभयो । शिक्षालाई अब प्रतिस्पर्धातमक बनाउनेगरी गुणस्तर सुधारको काममा लागिएको उहाँले वताउनुभयो ।

पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्याक्रम गर्ने र बाहिर २६ वटा स्टल राखेर कार्यक्रम गरिने वडा अध्यक्ष सिग्देलले वताउनुभयो । वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक श्रीराम दाहालले वताउनुभयो ।

प्रतिक्रिया
IMG_0303