हेटौंडाको क्याम्पडाँडाँमा बृक्षारोपण

पालिका डायरी
१७ माघ २०७९, ११:१७
हेटौंडाको क्याम्पडाँडाँमा बृक्षारोपण

हेटौंडा / सुन्दर र आक्रर्षक शहर निर्माण अभियानमा रहेकी हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले हेटौंडाको क्याम्पाडाँडामा बृक्षारोपण गरेकी छन् ।

हरीत नगरीको रुपमा देशमा चर्चामा रहने गरेको हेटौंडालाई सुन्दर र व्यवस्थित शहरको रुपमा बिकास गर्ने लक्ष्य राखेकी नगरप्रमुख लामाले कान्तिलोकपथ अन्तरगत हेटौंडा– चौंधडा खण्डको क्याम्पडाँडामा बृक्षारोपण गरेकी हुन् ।

हेटौंडा ५ र ७ को सिमा क्षेत्रमा पर्ने क्याम्पडाँडामा निर्माण भएको सडकले चर्चेर छोडेको जमिको दक्षिण भागमा झाडी तथा फोहर अधिक रहेकाले त्यसलाई सफा गरी बृक्षारोपण गरिएको हो । सडक किनारमा हेर्दा आक्रणक देखिने धुपी तथा गोलमोहर फुलको बिरुवा रोपिएको छ ।

नगरलाई सुन्दर बनाउँनका लागि हरेर महिना बृक्षा रोपण अभियान र हरेका साता ‘ सफा हेटौंडा अभियान’ उपमहानगरले सञ्चालन गरीरहेको छ । हेटौंडा उपमहानगरपालिकाका फोहरमैला तथा व्यवस्थापन शाखाका केशब देवकोटाका अनुसार हरेक महिना फरक/फरक ठाउँमा बृक्षा रोपणको अभियान पनि सञ्चालन गरेको बताए ।

बृक्षारोपणमा हेटौंडा ५ का अध्यक्ष शुसिल घिमिरे, हेटौंडा ७ का अध्यक्ष दामोदर गौतम, नेपाली काग्रेस मकवानपुरका प्रवक्ता अर्जुन प्रसाद चौलागाई, नगर सभा सदस्य सन्तुमाया पाख्रिन, ज्ञानबहादुर थापा, रञ्जीता शिलवाल लगाएत स्थानिय वासिन्दाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया