बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको राजनितिक सल्लाहकारमा ढकाल

पालिका डायरी
१७ माघ २०७९, ११:१३

हेटौडा / बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा देबिप्रसाद ढकाल नियुक्त हुनुभएको छ ।

भक्तपुर नगरपालिका १० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुबिधा रहनेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनितिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

यसअघि मुख्यमन्त्रीले कानूनी सल्लाहकार नियुक्त गरिसक्नु भएको छ ।

प्रतिक्रिया