बागमती प्रदेशका मुख्यन्यायधिवक्ता नेपालले लिए शपथ
हेटौंडा / बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सोमबार उनले प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत पाटनका मुख्यन्यायाधीश महेश पुडासैनी समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको सहभागिता रहेको थियो ।
प्रतिक्रिया