बागमती प्रदेश : एकीकृत समाजवादीले अझै चयन गर्न सकेन संसदीय दलको नेता

पालिका डायरी
१५ माघ २०७९
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनुभयो । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

हेटौंडा / बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता अझै चयन गर्न सकेको छैन।

प्रदेश सभामा १३ जिल्लाबाट ७ राजनीतिक दलहरुले प्रतिनिधित्व गरेका छन्। जसमध्ये हालसम्म ६ दलले संसदीय दलको नेता चयन गरिसक्दा एकीकृत समाजवादीले अझै अलमल गरेको हो।

प्रदेशमा प्रतिनिध्त्वि गर्ने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले प्रदेश संसदीय दलको नेता चयन गरिसकेका छन्।

बागमतीमा एकीकृत समाजवादीको ७ सिट रहेको छ। पार्टीभित्रकै आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन प्रक्रिया अलमलमा परेको एकीकृत समाजवादीका एक प्रदेश सांसदले नेपालखबरलाई बताए। देशका ६ वटै प्रदेशको संसदीय दलका नेता चयन भैसके पनि बागमतीमा भने अझै संसदीय नेता चयन हुन नसकेको हो। दलको नेता बन्न सातै जना बीचमै हानाथाप रहेको बुझिएको छ। सहमति गर्न खोज्दा ढिला भइरहेको ती सांसदले बताए।

११० सांसद रहेको बागमतीमा एकीकृत समाजवादीकाे ७ सांसद छन्।

प्रतिक्रिया