बागमती प्रदेशमा कुष्ठरोग बिरामी घट्दो

पालिका डायरी
१५ माघ २०७९, २०:०८

हेटौंडा / विश्व कुष्ठरोग दिवसका अबसरमा आज संचारकर्मीहरुसंग अन्तरकृया सम्पन्न गरीएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा मकवानपुरका संचारकर्मीहरुलाई कुष्ठरोगबारे जानकारी गराईएको छ । “ कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं ” भन्ने मूल नाराका साथ ७० औं विश्व कुष्ठरोग दिवस मनाउने सन्दर्भमा सञ्चारकर्मी तथा सरोकारवालाहरु संग आईतबार अन्तरक्रिया गरीएको हो । अन्तरकृयामा स्वस्थ्य निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षता रहेको थियो । कार्यक्रम्मा कुष्ठरोगका मुख्य सुचांकहरू आब २०७८र ०७९ मा पत्ता लागेका नयाँ विरामी संख्या २ हजार २८५ सार्वजनिक गरीएको थियो ।

जसअनुसार आ.व को अन्त्यमा उपचारमा रहेका विरामी संख्या २ हजार ३७३ रहेका छन । यस्तै नयाँ विरामी मध्ये १४ वर्षमुनिको विरामी संख्या ७३ जना रहेकाछन । नयाँ विरामीहरुमध्ये असमर्थताको तह २ भएको जम्मा संख्या १ सय ७० जना नयां विरामीहरुमध्ये ० देखि १४ वर्षका असमर्थताको तह २ भएको संख्या ४ जना , नयाँ विरामीहरुमध्ये महिला विरामीको संख्या ९ सय ८९ जना रहेको रिपोर्ट सार्वजनिक गरीएको थियो । आब २०७ र ०७९ मा प्रति १ लाख जनसंख्यामा पत्ता लागेका नयाँ विरामी दर ७.८९ प्रतिशत रहेको जनाईएको छ ।

प्रति १० हजार जनसंख्यामा वर्षको अन्त्यमा उपचारमा रहेको विरामी प्रकोप दर ०.८१ प्रतिशत रहेको छ । प्रदेश अनुसार कुष्ठरोगका नयाँ बिरामीको संख्या २ हजार २८५ जना रहेको बताईएको छ । जसमध्ये लुम्बिनी प्रदेशमा सबै भन्दा बढी ५ सय ८९ रहेको छ भने सबै भन्दा कम बागमती प्रदेशमा ८३ जना रहेको बताईएको छ ।

प्रतिक्रिया