बिहेबाट फर्किंदा भिरबाट लडेर मकवानपुरमा एकजनाको मृत्यु

पालिका डायरी
१५ माघ २०७९
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–२ देउरालीमा गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको चनौटा बस्ने अन्दाजी ५० वर्षीय माईला थिङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय शनिबार साँझ बिहेमा गएर घर फर्किने समयमा थिङ भिरबाट लडेका थिए । भिरबाट करिब १५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साे क्षेत्रमा गोरेटो बाटो भएकाले भिरबाट लडेर मृत्यु हुने गरेको घटना यो पहिलो भने होइन । यसअघि पनि धेरै यस्ता घटना हुँदै आएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धान तथा मुचुल्काको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया