हेटौंडामा सामूहिक बेलविवाह सम्पन्न
हेटौंडा उपहानगरपालिका वडा नम्वर १०, बसपार्कमा सामूहिक बेलविवाह कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार र बिहीबार दुई दिन आयोजित बेलविवाह कार्यक्रममा ८८ कन्याको सहभागिता रहेको थियो । नेवारी परम्पराअनुसार महिनावारी हुनुभन्दा अघि बेलाविवाह गरिन्छ ।
परम्परा र संस्कृतिअनुसार बेलविवाह गर्न गुरु तथा स्रोतसाधन जुटाउन असहज हुने अवस्थाका कारण हेटौंडामा २०२९ सालदेखि सामूहिक बेलविवाहको कार्म गर्दै आएको छ ।
हेटौंडामा सामूहिक बेलविवाह गुठी नै स्थापना गरिएको छ ।
प्रतिक्रिया