मकवानपुरको बकैयामा गाँजा फडानी

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिकामा दूई विगाहा क्षेत्रफलमा लगाईएको लागुऔषध गाँजा फडानी गरिएको छ । इलाक प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीको टोलीले गाँजा फडानी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी बरिष्ठ नायव निरीक्षक बिदुरचन्द्र अधिकारीको कमाण्डमा १४ जनाको प्रहरी टोलीले बकैया–६ गोब्रेस्थित लगाईएको दूई विगाहा अबैध गाजाँ खेती फाडनी गरिएको हो ।
प्रतिक्रिया