मकवानपुरकी कुमारी मोक्तान पुन : सामजिक विकास मन्त्री

पालिका डायरी
११ माघ २०७९, १४:०१

नेकपा माओवादी केन्द्रलेकी नेतृ कुमारी मोक्तान पुनः मन्त्री बन्ने भएकि छिन् ।

बागमती प्रदेशमा आफ्नो तर्फबाट पाउने थप तीनजना मन्त्रीकोमा माओवादी केन्द्रले कुमारी मोक्तानलाई पुनः अवसर दिने भएको हो । मोक्तानलाई पुन सामजिक विकास मन्त्रालयको जिम्मेवारी दिईने भएको छ । मोक्तान सहित माओवादी केन्द्रबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ तथा सिन्धुपाल्चोकका युवराज दुलाल मन्त्री बन्ने भएका छन् ।

श्रेष्ठलाई आन्तरिक मामिला तथा दुलाललाई भौतिक योजना मन्त्रालयको जिम्मेवादी दिईने भएको छ ।

प्रतिक्रिया
kumari moktan