बागमतीमा राप्रपाबाट काे काे छानिएका तीन मन्त्री

पालिका डायरी
११ माघ २०७९, १३:५२
बागमतीमा राप्रपाबाट छानिएका तीन मन्त्री

बागमती प्रदेशसभामा आज मन्त्रिपरिषद् विस्ता हुँदैछ। ११ मन्त्रालय रहेनगरी सरकारलाई पूर्णता दिने तयारीमा रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमारहेका तीन दल एमाले, माओवादी र राप्रपा सहभागी हुने भएका छन्।

एमालेको भागमा ४, माओवादीको भागमा ४ र राप्रपाको भागमा ३ मन्त्रालय परेको प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।

३ मन्त्रालय पाएको राप्रपाले राजु विष्ट र डम्बर तामाङलाई मन्त्री बनाउने भएको छ। यसअघि राप्रपाबाटै विना विभागीय मन्त्रीमा उद्धव थापा नियुक्त भइसकेका छन्।

विष्टलाई वन तथा वातावरणमन्त्री, तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्री र थापालाई ऊर्जा तथा सिंचाई मन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दिएको छ।

माओवादीबाट मुख्यमन्त्रीमा शालिकराम जम्मरकट्टेल र एमालेबाट अर्थमन्त्रीमा जगन्नाथ थपलियाले यसअघि नै पदभार ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया