एमाले मकवानपुरको ध्यान संगठन विस्तारमा

पालिका डायरी
१० माघ २०७९

हेटौंडा / नेकपा एमाले मकवानपुरले सिंगाे पार्टी पंक्ति  संगठन निर्माणमा परिचालित हुने अाज सम्पन्न छैठाैँ पूर्ण जिल्लका कमिटीकाे बैठकले निर्णय गरेकाे छ ।

माघ-चैत्रसम्म पार्टी नयाँ सदस्यता सिफारिस र पार्टी सदस्य नवीकरण गर्ने र पार्टीकाे पालिका, वडा र टाेलसम्म, जनसंगठनकाे जिल्ला, पालिका र वडासम्म संगठन व्यवस्थित बनाउने निर्णय गरेकाे पार्टी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनु भयाे । जनप्रतिनिधि र सामाजिक  तथा सामुदायिक संगठनहरूलाई जनहितमा प्रभावकारी रूपमा परिचालन गर्ने समेत निर्णय बैठकले गरेकाे जिल्ला सचिव सिग्देलले जानकारी दिनुभयाे ।

बैठकका प्रमुख अथिति पार्टी स्थायी कमिटीका सदस्य काशिनाथ अधिकारीले संघ र प्रदेशकाे निर्वाचनले एमाले मुलुककै लाेकप्रिय र बलियाे पार्टी भएकाे प्रमाणित गरेकाेले एमालेप्रति लगाईएका अाराेपहरू जनमतले नै असत्य सावित गरेकाे बताउनु भयाे । उहाँले बैचारिक स्पष्टता, संगठननत्मक चुस्तता, जनमूखी कार्यशैली र जनसराेकारका विषयहरू पार्टी र कमिटीकाे प्रमुख कार्य भएकाेले यसलाई अनुशरण गर्न बैठक मार्फत पार्टी पंक्तिमा अनुराेध गर्नुभयाे ।

बैठकमा पार्टी केन्द्रीय सदस्य रामेश्वर रानाले संगठनलाई सुदृढ गर्दै राजनीतिक, सामाजिक, अार्थिक र साँस्कृतिक रूपान्तरणमा ध्यान केन्द्रीत गर्नुपर्ने भनाई राख्नु भयाे । बैठकमा जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले मकवानपुरमा जनमतले पहिलाे र सशक्त पार्टी पुन सावित भईसकेकाेले यसलाई अात्मसाथ गर्दै अगाडि बढ्नु पर्नेमा जाेड दिनुभयाे ।
केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक तथा प्रदेश कमिटीका सदस्यहरूकाे उपस्थिति रहेकाे बैठककाे अध्यक्षता जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया