हेटौंडाको टिसिएन चौरमा हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पुरा

पालिका डायरी
१० माघ २०७९

हेटौंडा / मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पुरा भएको छ । आज उद्योग बाणिज्यसंघले मेला आयोजना गर्न लागिएको स्थलमा पत्रकार सम्मेलन गर्दै सबै तयारी पुरा भएको जनाएको हो । मेलामा ३ सय ३७ वटा स्टल रहने उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले वताउनुभयो । मेलाको उद्घाटन् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्नुहुने छ ।

मेलामा होटलका ३ण्, अटोजोनका १०, बिशेष ६, डुम २ वटा रहेको आयोजकले जनाएको छ । मेलामा प्रदेशका तीन वटा मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाले सहित बिभीन्न निजी क्षेत्रका उद्योगहरुले पनि सहयोग गरेका छन् । मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु रहने उहाँले वताउनुभयो । मेला भोलीबाट सुरु हुने भएको छ ।

१३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान रहेको छ । महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिइएको छ ।

महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ ।  तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०/३० हजार, द्वतियले २०/२० हजार र तृतियले १०/१० हजार र सान्त्वना हुनेले ५/५ हजार प्राप्त गर्ने बताइएको छ ।

मेला प्रवेशको टिकटदर प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको र विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको आयोजकले जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापा मेला गरेको थियो । त्यसैगरि संघले ०४३, ०५३, ०५५, ०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा ०६८, ०७०, ०७२ र ०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको थियो ।

प्रतिक्रिया