हेटौंडामा लागूऔषधसहित एक जना प्रहरीको फन्दामा

पालिका डायरी
७ माघ २०७९, १३:०४

हेटौंडा / मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभ्याट १५ ट्याबलेट र कोडिवेल बोतल (प्रति बोतल १००) सहित हेटौंडाका एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईडी बस्ने ३१ वर्षीय सुरेश स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, शशुक्रबार राति साढे ८ बजेको समयमा विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ९८५९ नम्वरको मोटरसाइकललाई हेटौंडा–१५ पिप्लेबाटमा रोकी चेकजाच गर्न खोज्दा उक्त मासाइकल नरोकी भागेका थियो । प्रहरीलाई रोकी भागेको उक्त मोटरसाइकल नयाँबस्तीमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा भएको र चेकजाँच गर्दा लुकाईछिपाई ल्याइएको उक्त परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।

स्याङतानको टाउको हात र ढाडमा चोट लागेको छ । उनलाई उपचारको लागी हेटौडा अस्पताल लगिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया