बकैयामा तीन दिन सार्वजनिक बिदा

पालिका डायरी
७ माघ २०७९
bakaiya gaupalika

हेटौंडा /  मकवानपुरकौ बकैया गाउँपालिकाले आज देखि लागू हुने गरी तीन दिन सार्वजनिक बिदा दिएको छ । आज शनिबार, भोली पनि सार्वजनिक विदा र ९ गतेका लागि समेत गरेर तीन दिन सार्वजनिक बिदा दिएको हो । शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले ल्होसार पर्वको अवसरमा माघ ७, ८ र ९ गते पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

दुइ दिनको सार्वजनिक विदामा समेत फेरी गाउँपालिकाले पनि एक दिन थप गरेर विदा दिइएको हो । तामाङ समुदायको सोनाम ल्होसार पर्व परेकोले गाउँपालिका ल्होसार मनाउन ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकालाकाका निमित्त कार्यकारी अधिकृत मिलन दुलालले एक सुचना प्रकाशित गर्दै सोनाम ल्होछारको अवसरमा तिन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मकवानपुर जिल्ला तामाङ समुदाय बाहुल्य जिल्ला हो ।

प्रतिक्रिया