लटारम्मेश्वर क्षेत्र विकासको लागि गाउँपालिकाले मास्टर प्लान बनाएर काम अगाडी बडाउछौ अध्यक्ष लामा

पालिका डायरी
२ माघ २०७९

मकवानपुरको चर्चित पर्यटकीय क्षेत्रको रुपमा बिस्तार हुँदै गएको भीमफेदी गाउँपालिका वडा नंबर ८ र बकैया गाउँपालिका वडा नंबर १२ को सिमनामा पर्ने लटारम्मेश्वर मन्दिर क्षेत्रको विकासको लागि भीमफेदी गाउँपालिकाले यस बर्ष ४० लाख रुपैँया विनियोजन गरेर काम अगाडि बढाउदै छ ।

प्रत्येक बर्ष माघे संक्रान्ति र नयाँ बर्षको दिन लटारम्मेश्वर परिषरमा मेला लाग्नुको साथै काठमान्डौ ललितपुर हेटौंडा लगाएत विभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बिष्णुबहादुर लामा बताउँछन् । यसै बर्ष हिजो अर्थात माघ १ गते भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा उपाध्यक्ष सन्जिव श्रेष्ठ गाउँपालिकाको पर्यटकिय स्थन लटारम्भेस्वर मन्दिर डब्लुडाडा पुगेर मन्दिरको अबलोकन तथा दर्सन गरेका थिए ।

गाउँपालिकाको अध्यक्ष /उपाध्यक्ष नै पुग्दा त्यहाँ पुगेका भक्तजनहरु खुसी हुँदै आगामी दिनमा मन्दिर ब्यबस्थापन र संरक्षण गर्न सुझाब दिए । यसै क्रममा भएको एक कार्यक्रममा बोल्दै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले लटारम्मेश्वर मन्दिर क्षेत्रको विकासको लागि गाउँपालिकाले यो वर्ष ४० लाख बजेट विनियोजन गरेर काम अघि बढाएको बताए । अध्यक्ष लामाले लटारम्मेश्वर क्षेत्रमा आउने पर्यटक तथा भक्तजनको लागि खानेपानीको ब्यवस्थापन, सार्वजनिक शौचालय निर्माण तथा विजुलीको काम पहिलो चरणमा हुने जानकारी गराए ।

१ हजार ८ सय ५६ मिटर अग्लो डब्लु डाँडामा रहेको लटारम्मेश्वर महादेवको मन्दिर क्षेत्रमा अहिले देश–विदेशको पर्यटकहरु आउने क्रम बढेको भन्दै उनले यस क्षेत्रलाई गाउँपालिकाले “मास्टरप्लान” बनाएर काम बढाएको बताए । लटारम्मेश्वर क्षेत्रले समग्र भीमफेदीको धार्मिक पर्यटन क्षेत्रलाई थप उत्साहित बनाएको लामाको भनाई छ । लटारम्मेश्वर क्षेत्रमा आउने पर्यटकलाई खान तथा बस्नको सुविधाको लागि गाउँपालिकाले यहि क्षेत्रका स्थानीयहरुलाइ तालिम दिएर ‘हामे स्टे’ निर्माणमा सहयोग गर्ने अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया