बागमतीको उपसभामुखमा तीनजनाको उम्मेदवारी

पालिका डायरी
२९ पुष २०७९
बागमतीको उपसभामुखमा तीनजनाको उम्मेदवारी

बागमती प्रदेशको उपसभामुखमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।

सत्ता गठबन्धनतर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्। एमालेको चापागाईंलाई कुमारी मोक्तान प्रस्तावक तथा आशा लामाको समर्थनमा उम्मेदवारी दर्ता भएको हो।

यस्तै नेमकिपाका काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाइँको समर्थनमा छ।यस्तै कांग्रेसकी परियारको पक्षमा प्रस्तावक उत्तम जोशी र यान्किला शेर्पाको समर्थक छ। बागामती प्रदेश उपसभामुखको निर्वाचन माघ २ गते हुने प्रदेश सभा सचिव कृष्णहरि खड्काले बताए।

११० सदस्यीय बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

प्रतिक्रिया
IMG_9726