बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने

पालिका डायरी
२७ पुष २०७९
बागमतीका मुख्यमन्त्रीको पहिलो निर्णय : मन्त्रालय घटाउने निर्णयमा हस्ताक्षर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।  ३ माघमा विश्वासको मत लिने बारेमा प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकिएको उनले बताए ।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालयको संख्यासँगै बाँडफाँड पनि टुंग्याइने भएको छ । प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर ११ मा ल्याउने तयारी भइरहेको छ । मंगलबार बसेको प्रदेश सरकारको पहिलो बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया