बागमती प्रदेश : माओवादीका जमरकट्टेलले मुख्यमन्त्रीको दावी पेस गर्दै

पालिका डायरी
२५ पुष २०७९, १२:४६
बागमती प्रदेश : माओवादीका जम्मकट्टेलले मुख्यमन्त्रीको दावी पेस गर्दै

हेटौंडा / बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ४ बजेबाट सकिँदैछ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले दिएको समय सीमा सकिँदै गर्दा प्रदेशको मुख्यमन्त्रीका लागि दलहरुबीच सहमति भएको छ ।

केन्द्रीय तहमा भएको सहमति अनुसार, बागमतीको मुख्यमन्त्री नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमरकट्टेल हुने भएका छन् ।

उनले प्रदेशमा नयाँ सरकार गठनको लागि नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत सत्ता गठबन्धन दलको समर्थनमा आज अपराह्नमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दावी पेस गर्ने भएको एक नेताले बताए ।

बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले पुस २१ गते नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका थिए ।

आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरुप प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया