मनहरीमा गुच्चा अड्किएर एक बालकको मृत्यु

पालिका डायरी
२३ पुष २०७९
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

हेटौंडा / मकवानपुरको मनहरी-९ ज्यामिरेमा एक बालकको घाँटीमा गुच्चा अड्किएर मृत्यु भएको छ ।

शुक्रबार साँझ भारतको जम्भुकटुवा घर भएर हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरि बस्ने राम कुमार दासको छोरा ५ वर्षीय राम दासले खेल्ने क्रममा गुच्चा मुखमा अड्काएका थिए ।

बालकको घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएपछि उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउन साथ डाक्टरले बालकलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बालकको शव अस्पतालमानै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया