बागमती प्रदेश प्रमुख शर्माद्वारा सरकार गठनका लागि आव्हान

पालिका डायरी
२१ पुष २०७९
बागमती प्रदेश प्रमुख शर्माद्वारा ५ दिनको समय दिएर सरकार गठनका लागि आव्हान

हेटौंडा । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माद्वारा सरकार गठनका लागि आव्हान गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजिनामा दिएर स्वीकृत भएकोले यस प्रदेशमा सरकार गठनका लागि आवहान गरिएको हो ।

यस प्रदेशमा नयाँ सरकार गठनका दावी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आव्हान गरेको प्रदेश प्रमुख कार्यालय हेटौंडाका प्रवक्ता प्रकाश चापागाईंले वताउनुभयो । आज प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्क्री नियुत्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आव्हान भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुत्त गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आव्हान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  ।

प्रतिक्रिया