मोलुङ हाईड्रोको साधारण शेयर निष्काशन गरिदै

पालिका डायरी
१७ पुष २०७९
मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण शेयर निष्काशन गर्ने जनाएको छ । आयोजना क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण शेयर निष्काशन गर्न लागेको बताएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीयले शेयर भर्न सक्नेगरी साधारण शेयर खुल्न लागेको कम्पनीले जनाएको छ । १३ औंं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा कम्पनीले सो जानकारी गराएको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष श्रीराम महर्जनका अनुसार प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत शेयर निष्काशन गर्न गालिएको छ । कुल जारी हुने ८० करोड २५ लाख रुपियाँको १० प्रतिशत हुन आउने आठ करोड दुई लाख ५० हजार बराबरको शेयर निस्काशन हुन लागेको छ । आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर प्रभावित क्षेत्रका लागि निष्काशन गरिने अध्यक्ष महर्जनले बताए । सो लगत्तै आयोजनामा कार्यरत कर्मचारी, श्रम स्वीकृति पाएका विदेशमा रोजगार गरिरहेका नेपाली नागरिक र सर्वसाधारणका लागि पनि ३४ प्रतिशत साधारण शेयर निस्काशन गर्ने कम्पनीको भनाइ छ । त्यसका लागि २७ लाख २८ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । १० प्रतिशत शेयर ओखलढुङ्गाका तीन वटा स्थानीय तहका नागरिकले आवेदन दिन पाउने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका सीओओ विजेन्द्र प्रधानले जानकारी दिए ।

मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण शेयर निष्काशन गर्ने जनाएको छ । आयोजना क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण शेयर निष्काशन गर्न लागेको बताएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीयले शेयर भर्न सक्नेगरी साधारण शेयर खुल्न लागेको कम्पनीले जनाएको छ । १३ औंं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा कम्पनीले सो जानकारी गराएको हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष श्रीराम महर्जनका अनुसार प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत शेयर निष्काशन गर्न गालिएको छ । कुल जारी हुने ८० करोड २५ लाख रुपियाँको १० प्रतिशत हुन आउने आठ करोड दुई लाख ५० हजार बराबरको शेयर निस्काशन हुन लागेको छ । आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर प्रभावित क्षेत्रका लागि निष्काशन गरिने अध्यक्ष महर्जनले बताए ।

सो लगत्तै आयोजनामा कार्यरत कर्मचारी, श्रम स्वीकृति पाएका विदेशमा रोजगार गरिरहेका नेपाली नागरिक र सर्वसाधारणका लागि पनि ३४ प्रतिशत साधारण शेयर निस्काशन गर्ने कम्पनीको भनाइ छ । त्यसका लागि २७ लाख २८ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

१० प्रतिशत शेयर ओखलढुङ्गाका तीन वटा स्थानीय तहका नागरिकले आवेदन दिन पाउने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका सीओओ विजेन्द्र प्रधानले जानकारी दिए ।

प्रतिक्रिया
meling_haido