भैसेमा पिकअप गाडी दुर्घटना, १० जना घाइते

पालिका डायरी
१७ पुष २०७९
accident

हेटौंडा / मकवानपुरको भीमफेदी-२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक पिकअप गाडी दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

आइतबार बिहान ९ः५० बजे त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा पिकअपका चालकसहित १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया