बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान

पालिका डायरी
१४ पुष २०७९, १६:५७
बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान

हेटौंडा / बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले  गर्ने छन् ।

 

प्रतिक्रिया