नेकपा एमाले बागमती संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

पालिका डायरी
१४ पुष २०७९

हेटौंडा / नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् ।

आज प्रेदश संसदीय दलको कर्यालय हेटौंडामा भएको एमालेको बैठकले थपलियालाई सर्वसम्मत चयन गरेको हो । प्रदेश सभामा नेकपा एमालेले २७ सिट जितेर दोस्रो स्थानमा रहेको छ । निर्वाचित सांसदहरुले थपलियालाई सर्वसम्मत चयन गरेको छ । चितवन प्रदेश सभा क्षेत्र नम्बर १(१) बाट निर्वाचित थपलिया केन्द्रीय सदस्य समेत हुन् ।

एमाले संसदीय दलको नेतामा थपलिया निर्वाचित भए संगै उनी प्रदेशको मुख्यमन्त्रीको दाबेदार बनेका छन् । केन्द्रको पछिल्लो भागवण्डा अनुसार बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एमालेको भागमा पर्न सक्ने सम्भावना बढेको एमाले सांसदहरु बताउँछन् ।

प्रतिक्रिया