थाहाको हिमालयनले विद्यार्थीलाई गर्यो सम्मान

पालिका डायरी
१४ पुष २०७९, ०५:५४

थाहा नगर / थाहा नगरपालिकाको हिमालयन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलले बिज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

बिद्यालयले थाहा नगरपालिकाद्वारा झम्केश्वरी माबि थाहा १ को व्यवस्थापनमा आयोजना गरेको माद्यमिक तह स्तरिय बिज्ञान प्रदर्शनीमा प्रथम तथा शिक्षा विकास तथा समन्वय इकाई हेटौंडाको आयोजनामा हेटौंडामा भएको अन्तर माद्यमिक तह मकवानपुर जिल्ला स्तरीय बिज्ञान प्रदर्शनिमा सहभागी भई द्वितीय हुने विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो ।

बिद्यालयका प्रिन्सिपल बाबुलाल कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अतिथि लामाले बिद्यालयमा सिकेको ज्ञानलाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले जिल्ला स्तरमा समेत द्वितीय भइ थाहा नगरको नाम राख्न सकेकोमा बिद्यार्थी र बिद्यालय परिवारलाई बधाई दिनुभयो ।
बिद्यालयका संस्थापक सानोभाई कार्कीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनी तथा योजना फलदायी हुने बताउनुभयो ।

उहाँले विद्यार्थीहरु शैद्धान्तिक शिक्षासँगै अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्ने बताउनुभयो ।

विद्यार्थीको प्रतिभा र क्षमताको सम्मान सहित उनिहरुको उत्साह वृद्धिको लागि सम्मान कार्यक्रम आयोजना गरिएको बिद्यालयका संयोजक संगम कार्कीले बताउनुभयो ।

सोहि अवसरमाबिद्यालयका विषयगत शिक्षक बिक्रम मल्ललाई समेत सम्मान गरिएको थियो।

बिज्ञान प्रदर्शनीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुले स्मार्ट सिटि प्रोजेक्ट बनाइ सहभागी भएका थिए । उक्त प्रोजेक्टमा सहभागी विद्यार्थीहरुलाई प्रमुख अतिथि लामा, बिद्यालयका संस्थापक कार्की, प्रिन्सिपल कार्कीले प्रंशशापत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया
received_1594243011025388