प्रचण्डको नेतृत्वमा सरकार बनाउन अध्यक्ष ओलीको सहमत, एमालेले राष्ट्रपति र सभामुख लिने

पालिका डायरी
१० पुष २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

प्रतिक्रिया