बालकोटमा सहमति– प्रचण्डको नेतृत्वमा सरकार बन्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्ने गरी बालकोटमा सहमति जुटेको छ ।
प्रचण्डको नेतृत्वमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र उन्मुक्ति पार्टी सम्मिलित सरकार बन्ने सहमति भएको हो ।
संसदमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् । यो गठबन्धनमा १५४ सांसद पुग्छ ।
बैठक सहमतिमा पुगेको र हस्ताक्षरको प्रक्रियामा रहेको बालकोट बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
कांग्रेसले पहिलो कार्यकालको प्रधानमन्त्री दिन नमानेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।
बहुमत सांसदको समर्थनमा आजै प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने तयारी छ ।
बालकोटमा हस्ताक्षर जुटाएर शीतल निवास जाने तयारी छ ।

प्रतिक्रिया