बिन्दबासिनीको अध्यमा पुनः केसी

हेटौंडा / हेटौंडा १३ को बिन्दवासिनी टोलबिकास संस्थाको अध्यक्षमा पुनः रत्नबहादुर केसी अध्यक्षमा चयन हुनुभएको छ । केसीको अध्यक्षता ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा बेदराज घिमिरे, सचीवमा कृष्ण प्रसाद दाहाल, सहसचिवमा शान्ति घलान थोकर र कोषाध्यक्षमा शोभा बरुवाल थापा निर्विरोध चयन हुनुभयो । यस्तै सदस्यहरुमा चेतनाथ बिडारी, ठाकुर सिंह स्याङ्तान, लक्ष्मी बस्नेत, भक्तबहादुर थिङ, बिष्णु मगर र बालकुमारी श्रेष्ठ चयन हुनुभयो ।
१३ नम्बर वडाका वडाध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रत्नबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाका भैरब कुमाल, टोलबिकास वडा समन्वय समितिका अध्यक्ष बालकुमार श्रेष्ठ, नगर सदस्य रामबहादुर वाइवा, सस्थाका सल्लाहकार मिरा दाहाल, सहारा टोलबिकास सस्थाका अध्यक्ष अशोक डिम्डुङ, जडिबुटी टोलबिकास संस्थाका अध्यक्ष वसन्त लामा, बनस्पति टोलबिकास संस्थाका अध्यक्ष सुर्य छुमीलगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।