मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

पालिका डायरी
९ पुष २०७९
मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

हेटौंडा / मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभा संस्थाका अध्यक्ष विजय सागर श्रेष्ठको सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता भएको हो ।

२४ सय ७१ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी २ करोड २४ लाख ७४ हजार ४ सय रुपैयाँ छ । यस्तै संस्थाको निक्षेप संकलन १९ करोड ९४ लाख ८१ हजार ८ सय ८८ रुपैयाँ छ । साधारण सभाको अवसरमा संस्थाले जेष्ठ नागरिक सम्मानमा महिलातर्फ कान्छिमाया घलान र पुरुषतर्फ सुन कुमार मानन्धरलाई सम्मान गरिएको थियो ।

त्यस्तै, असर निक्षेपतर्फ महिलामा बसुधा गोर्खाली र पुरुषतर्फ अनिल कुमार श्रेष्ठ सम्मानित भएका छन् । असल ऋणी तर्फ कोमल कुमारी अधिकारी र पैदिप राईलाई सम्मान गरिएको थियो । यस्तै संस्थाले हरेक बर्षको साधारण सभामा हेटौंमा रहेका ५ वटा आश्रमहरुलाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएकोमा यस बर्ष पनि एक बोरा चामल, ५ किलो दाल, १ कार्टुन साबुन र नगद ५ सय रुपैंया सहित मानवसेवा आश्रम, मामाघर नेपाल, ओम बृद्धाश्रम, अनाथ अपांगबाल पुनःस्थापना केन्द्र र श्रीमत् भागवत ज्ञान सञ्चार बृद्धाश्रमलाई सहयोग गरेको थियो ।

साधारण सभामा जिल्ला सहकारी संघकी कोषध्यक्ष विष्णु कुमारी लामा, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका शाखा प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न