हेटौंडा १५ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
राम कुमार दानी
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चिप्लेटी बाँसघारीमा बसोबास गर्ने नागरिक र पशु चौपायाको स्वास्थ्यमा स्थानीय सरकारको ध्यान पुगेको छ । सामान्ने रुघाखोकी र ज्वोरो आउँदा पनि हेटौंडा या अन्य जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । १५ नम्बर वडा देख्दा हेटौंडा सङ्गै जोडिएको देखीए पनि यस वडाको चिप्लेटी बाँसघारी पुग्न बारा जिल्लाको अमलेसगन्ज भएर पुग्नुपर्ने बाध्यता छ । यस क्षेत्रमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेसँगै अहिले फेरि पशु चौपायहरुको स्वास्थ्यमा ध्यान दिदैआएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए वडाकार्यालयको आयोजनामा पशु स्वास्थ्य शिविर गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाकै यस क्षेत्रमा पुग्नका लागि अर्को जिल्ला भएर जानुपर्दाको बाध्यताले यस ठाउँमा विकासको कामले गति लिन सकेको थिएन । अहिले स्वास्थ्य र शिक्षा संगै अन्य विकासका काममा पनि जोड दिइएको अध्यक्ष मोक्तानले वताए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाँईको प्रमुख आतिथ्यतामा भएको थियो ।
चिप्लेटी बाँसघारी क्षेत्रका किसानले गाई, भैसीमा नाम्लेको संक्रमण, कुखुरा र बाख्रामा ज्वोरो रुघाखोकी लाग्ने जस्ता समस्या रहेको थियो । शिबीरमा ९६ परिवारका किसानले सेवा लिएको मोक्तानले बताए चिप्लेटीमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेपछी यहाँका नागरिकलाई सामान्य विरामी हुँदा उपचार गर्नका लागि सहज भएको छ उनले भने ।आफू जनताको जनप्रतिनिधि भयदेखि यस ठाउँको जनताको हरेक दुख सुखमा साथदिँदै आएको बताए । अध्यक्ष मुक्तानले आफु जनप्रतिनिधि भएनी नभएनी यस ठाउँको जनताको हरेक समस्यामा लागिपर्ने पनि बताए ।