सुुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

पालिका डायरी
७ पुष २०७९, १३:३०
आईपीओ बिक्री खुला

आयोजना प्रभावित बासिन्दाका लागि आईपीओ खुलाएको सुुपर मादीले आजबाट आवेदन लिन बन्द गर्दैछ । बिहीबारसम्मका लागि कम्पनीले ३१ करोड ५० लाख रुपैयाँबराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपैयाँबराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूका लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरूका लागि ७ लाख ३५ हजार कित्ता निष्कासन गरेको हो ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डब्बल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

प्रतिक्रिया
ipo