भीमफेदीका विद्यार्थीहरुलाई घिसिङ्ग दम्पतीद्धारा शैक्षिक सामग्रीहरु वितरण

पालिका डायरी
६ पुष २०७९, १९:३८
भीमफेदीका विद्यार्थीहरुलाई घिसिङ्ग दम्पतीद्धारा शैक्षिक सामग्रीहरु वितरण

राम कुमार दानी

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका ८ गङ्गटेमा रहेको श्री प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । बुधबार गङ्गटे निवासी बिक्रम घिसिङ्ग र उनको श्रीमति कन्चन लामाको सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीहरुलाई स्विटर, कपि कलम लगाएत स्टेसनरी तथा शैक्षिक सामग्रीहरु वितरण हुन् ।

समाग्री वितरण पछि घिसिङ्ग दम्पतीले पुस माघकोे जाडोले गर्दा दैनिक विद्यालय आउन कठिनाइ भएका अवस्थामा विद्यालय आउन सहजता मिलोस् भन्ने उदेश्यले सहयोग गरेको बताउँदै आफूले गरेको यो सहयोग ठूलो नभए पनि केहि राहत हुने अपेक्षा गरेको बताए । उनले आजको युवा सधै पुरानो सोचमा हिडेर नहुने बताउँदै उनले भने, ‘हामिले हाम्रो समाज परिवर्तन गर्न अरुको मुख ताकेर हुँदैन हामी नै लाग्ने हो । समाजका सबै युवाहरूलाई एक–एक वटा समाज परिवर्तनको लागि नमुना योग्य काम गर्न आवश्यक छ ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोम बहादुर लामा लगाएत स्थानीय समाजसेवी मान बहादुर लामा, शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु लगाएत स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया