बैंकिङ कसुरमा केन्द्रीय बैंकमा १३ सय बढी उजुरी

पालिका डायरी
६ पुष २०७९
२७ अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

चालू आर्थिक २०७९/८० को कात्तिक मसान्तसम्म बैंकिङ सम्बन्धी कसुरमा १३ सय बढी उजुरी परेका छन् । नेपाल राष्ट्र बैंक, नियमन तथा सुपरिवेक्षण विभागका अनुसार आर्थिक वर्ष भित्र लिखित, मौखिक तथा अन्य प्रक्रियाबाट बैंकिङ कसुरमा एक हजार ३२६ उजुरी परेका हुन् ।

विभागका अनुसार समीक्षा अवधिमा १६६ लिखित उजुरी परेको छ भने ९९० वटा अनलाइन पोर्टलमार्फत र १७० वटा विविध माध्ययमहरुबाट बैंकमा उजुरी परेका छन् । सोमध्ये १ हजार ३१५ वटा उजुरीको फर्छौच्ट भइसकेको र बाँकी ११ वटा उजुरीको फर्छौच्ट हुन बाँकी रहेको जनाएको छ ।

विशेषगरी बैंकिङ ठगी, अनलाइन प्रणाली, ढीलासुस्ती, शुल्क लगायतका विषयमा बैंकमा उजुरी पर्ने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया