थाहाको सबै वडामा जेसीज अभियान सञ्चालन गर्छु : रायमाझी

पालिका डायरी
२९ मंसिर २०७९

राज कुमार के. सी.

थाहा नगर / पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका निरज रायमाझीले थाहा नगरका सबै वडामा जेसीज अभियान सञ्चालन गरिने बताउनु भएको छ ।
बुधबार तामझामका साथ अध्यक्ष पदको उम्मेद्वारी दर्ता गराएका रायमाझीले सञ्चारकर्मीहरु संगको कुराकानीमा बर्ष २०२३ लाई स्वर्णिम बनाउन आफ्नो उम्मेद्वारी भएको बताउनुभयो ।

रायमाझीले बर्ष २०२३ मा बिपत ब्यवस्थापन कोष स्थापना गर्ने, अन्तर माबि तह जेसीज कप प्रतियोगिता आयोजना गर्ने, तालिम पश्चात नयाँ सदस्यता बिस्तार गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

पूर्व अध्यक्षहरु, जेसीज सदस्यहरु, स्थानीय संघसंस्था, स्थानीय तहसंगको सहकार्यमा थाहा नगरमा विविध कार्यक्रमहरु सञ्चालन गरिने उम्मेद्वार रायमाझीले बताउनुभयो । अध्यक्ष पदका उम्मेद्वार रायमाझीले आफु अध्यक्ष बन्नेमा ढुक्क रहेको बताउनुभयो ।

रायमाझी बर्ष २०२३ मा थ्रि टि अर्थात टाईम, टिमवर्क र ट्रेडमार्क थिम सहितको बिबिध कार्यक्रम सञ्चालन गर्ने तयारीमा छन् ।

प्रतिक्रिया
20221215_193448