पालुङ जेसीजको अध्यक्ष पदमा ३ को उम्मेद्वारी

पालिका डायरी
२८ मंसिर २०७९

राज कुमार के.सी

थाहा नगर / पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ ।

अध्यक्ष पदमा बर्तमान कानुनी सल्लाहकार संगम कार्की र महासचिव निरज रायमाझी र कोषाध्यक्ष बिक्रम गोपालीले उम्मेद्वारी दर्ता गर्नुभएको निर्वाचन आयुक्त नवराज लामाले बताउनुभयो ।

त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि माधव कार्की, मान सिं दोङ, अञ्जय प्रधान, दिपा बल को उम्मेद्वारी परेको लामाले बताउनुभयो । त्यस्तै ४ उपाध्यक्ष पदका लागि नारायण तामाङ, अजय कार्की, प्रकाश बहादुर चन्द, अजित कार्की र मनिष अधिकारीको उम्मेद्वारी परेको छ ।

पालुङ जेसीजको यही पौष १ गते थाहा नगरको शंकर हेटलमा बिहान ११ बजे साधारण सभा हुने बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले बताउनुभयो । उहाँले मंसिर २९ गते १०: ३० बजे देखि शंकर होटलमा उम्मेद्वारहरुको तालिम हुने समेत बताउनुभयो ।

प्रतिक्रिया